मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जन्मदिन पारेर अर्जुन सापकोटाले ल्याए ‘न सोध पिर के को ?’

काठमाडौँ– लोक गायक अर्जुन सापकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् ।

शुक्रवार आफ्नो जन्मदिनको अवसर पारेर उनले ‘न सोध पिर के को रु’बोलको गीत सार्वजनिक गरेका हुन् । गायनमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

गीतको भिडियोमा अर्जुन स्वयंम प्रस्तुत छन् । उनको जोडीका रुपमा मोडल जुना विश्वकर्मा देखिएकी छन् ।
अतिथि कलाकारका रुपमा बादल घिमिरे र श्रीधर अधिकारीले समेत अभिनय गरेका छन् ।

काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा भिडियो बनेको हो । गीतका शब्द भने गायक रविन लामिछानेले लेखेका हुन् । अर्जुनकै संगीत रहेको गीतमा कृष्ण बि.के. ‘भान्जा’को संगीत संयोजन छ ।

अर्जुनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा राम केसीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

बिहान सार्वजनिक गीतलाई स्रोता दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?