मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् ‘मर्निङ वाक’ गर्ने व्यक्तिले ध्यान दिनुपर्ने १३ कुराहरू 

हामीमध्ये धरै जना मर्निङ वाकका निमित्त निस्कन्छौ होला । विशेष गरी मोटोपनको सिकार भएका व्यक्तिहरू आफ्नो शरीर घटाउनका लागि बिहान,बिहानै हिँड्ने, दौडिने गर्ने गर्छन् ।

अझ पछिल्लो समय त मर्निङ वाकको ट्रेन्ड नै चलेको छ । यस कारण अहिले  हरेक उमेर समूहका व्यक्तिहरू मर्निङ वाक जाने गर्दछन् । 

शारीरिक रूपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो । रक्तचाप, मधुमेह, मुटु रोग, फ्याट्टी लिभर जस्ता रोग भएका बिरामीलाई त डाक्टरले नै नियमित मर्निङ वाक गर्न सुझाव नै दिन्छन् ।

मर्निङ वाकबाट मोटोपन घट्ने, तनाव कम हुने, दिनभरि काम गर्ने ऊर्जा मिल्ने, शरीर चुस्त र दुरुस्त रहने जस्ता फाइदा लिन सकिन्छ ।

तर अन्य कुराहरूमा जस्तै मर्निङ वाक जाँदा पनि हामीले धेरै कुरामा ध्यान दिन आवश्यक छ ।  

मर्निङ वाकमा जाँदा ध्यान दिनुपर्ने कुराहरु :

–बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ । कम्तीमा आधा घण्टा हिँड्नुपर्छ । सुरुका दिनमा लगातार ३० मिनेट हिँड्न सकिएन भने एकै छिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ । 

–मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्न मात्रै पनि होइन । सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने गर्नुपर्छ । त्यसपछि छिटो–छिटो हिँड्ने र हात पनि छिटो छिटो चलाउनुपर्दछ । हिँड्दा निहुरेर, कुप्रो परेर होइन छाती फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ । देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ । हिँडाइको गति छिटो छिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ । कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा दौडिने गर्नु हुँदैन ।

–मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हल्का तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ । प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ । ‘ग्रिप’ भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ । 

–मर्निङ वाकमा गीत–सङ्गीतले पनि महत्वपूर्ण भूमिका खेल्छ । सकेसम्म आध्यात्मिक गीत सुन्नु राम्रो हा । यस्तो सङ्गीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ ।

–मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा लगाउनु हुँदैन । सधैँ इयर फोन राखेर हिँड्दा कानमा असर पुग्न सक्छ । बरु प्राकृतिक संगीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ।

–मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन । साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो । गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन । वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन ।

–मर्निङ वाकमा जाँदा मान्छेहरू नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन । रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ । मुटु रोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन ।

–मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ । तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन । समाचारमा लडाइँ, आतंक, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन् । मर्निङ वाकमा नकारात्मक कुराहरु कानमा पर्दा तपाईँको दिन सकारात्मक हुँदैन । 

–मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन । यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरूलाई समेत हानी पुग्छ । मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन । 

–मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरू धेरै भेटिन्छन्। तर कुकुरसँगै हिँड्नु परेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्ने भन्ने प्रश्न आउँछ ? 

–मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ । सागपात र पोसिलो खानेकुरामा बढी जोड दिनुपर्छ । खानामा सबै प्रकारको खनिज तत्त्व पाइने खालका खानेकुरा छान्नुपर्छ । मर्निङ वाकबाट फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ ।

–मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ । पसिनाको गन्धलाई हटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ । मर्निङ वाकबाट फर्किनासाथ सीधै ‘सावर’ लिनु हुँदैन । केही बेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ । तप–तप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?