मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

को थिइन् ‘बिकिनी’ लगाएर स्क्रिनमा देखिने पहिलो भारतीय नायिका ?

काठमाडौँ– नायिकाले बिकिनी लगाएको फोटो सार्वजनिक हुँदा आजको युगमा पनि निकै चर्चा हुन्छ समाचार बन्छ । अझै पनि बिकिनी फोटो सुट गराउँदा नायिकलाई विकृति फैलाएको आरोप लाग्छ ।

कलिउडमा मात्र होइन बलिउडमा बिकिनी लगाएको फोटोको खुबै चर्चा हुने गर्छ । तर समयसँगै दुवैतिर सामान्य बन्दै छ । बलिउडमा भने सन् १९३८ मै बिकिनीको अभ्यास भएको थियो ।

स्क्रिनमा बिकिनी लगाउने पहिलो भारतीय नायिका हुन्– मिनाक्षी शिरोडकर । उनी नायिका शिल्पा र नम्रता शिरोडकरकी हजुरआमा हुन् । मिनाक्षी सन् १९३८ मा प्रदर्शनमा आएको फिल्म ‘ब्रह्मचारी’मा बिकिनीमा देखिएकी थिइन् ।

सो फिल्मको यमुना जाली खेलु खेल’ गीतमा मिनाक्षीले मास्टर विनायकलाई शारीरिकरुपमा आकर्षण गर्नका लागि बिकिनी लगाएकी हुन्छिन् । उनको यो कदमले दर्शकहरु आश्चर्यमा परेका थिए । किनभने यसभन्दा पहिले दर्शकले कुनै फिल्ममा यस्तो दृश्य देखेका थिएनन् ।

‘ब्रह्मचारी’ मिनाक्षीको डेब्यू फिल्म थियो । बिकिनीकै कारण उनको चर्चा चुलियो र स्थापित नायिका बनिन् ।

‘ब्रह्मचारी’ फिल्म विनायकको निर्देशनमा बनेको थियो । उनी स्वयं नै नायक थिए । विनायकमिनाक्षीको जोडी त्यसबेलाको खुबै हिट बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?