मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा चिसाे

काठमाडौँ – काठमाडौँको आज तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ । बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ  । जुन यो वर्षकै सबैभन्दा धेरै चिसो हो ।

शुक्रबार काठमाडौँको अधिकतम तापक्रम १७ दशमलव ५ डिग्री पुग्दा न्यूनतम तापक्रम भने ३ डिग्रीमा झरेको थियो ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार तापक्रम घट्दो क्रममा रहेकाले केही दिन चिसो बढ्ने छ।  काठमाडौँ उपत्यकामा तत्काल पानी पर्ने सम्भावना भने नदेखिएको उनले बताए । 

आज जिरीको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री पुग्दा मिनिमम तापक्रम माइनस १ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

जोमसोमको न्यूनतम तापक्रम पनि माइनस ५ दशमलव ५ डिग्री रहेको छ । डडेलधुराको तापक्रम पनि २ दशमलव १ डिग्रीमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?