मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तातो पानीले नुहाउनुहुन्छ ? हुन सक्छन् यस्ता खतरा 

हुन त जाडो मौसममा नुहाउनु त्यति सजिलो विषय हैन । तर स्वास्थ्य र सफा रहनलाई हप्तामा कम्तीमा दुई पटक नुहाउनु पर्ने चिकित्सकहरू बताउँछन् ।

अझ जाडो होस या गर्मी कतिपयले दैनिक नुहाउने बानी पनि हुन्छ । जहाँ विशेषतः जाडोको समयमा नुहाउन सम्भव भएसम्म तातो पानी नै रोज्नु पनि नौलो विषय हैन । 

तर तपाईँले पनि तातो पानीले नुहाउने गर्नु भएको छ भने होस गर्नुहोस् । किनभने यो स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । 
चिकित्सकहरूका अनुसार जाडो मौसममा तातो पानीमा धेरै बेर नुहाउनाले शरीर र मस्तिष्क दुवैमा नकारात्मक असर पुर्‍याउन सक्दछ ।

तातोपानीले १० मिनेटभन्दा बढी नुहाउनु हुँदैन । यसले छालाको नरमपनमा ह्रास ल्याउँछ । यसले छाला रुखो हुनुका साथै उचित स्याहार नगरे फुट्छ । यसको विकल्पमा बिचमा चिसो पानी वा मनतातो पानीले नुहाउने गरे यसले छालालाई नरम बनाइराख्छ । 

तातोपानीले नुहाउनाले शरीरको आन्तरिक तापमा ह्रास आउँछ र चिसो वातावरणमा शरीर मिल्न सक्दैन । यस्तो अवस्थामा रुघा, खोकीजस्तो साइड इफेक्टको सामना गर्नुपर्ने हुन्छ । त्यस्तै यसलाई तपाईँलाई आलस्य समेत बनाउँछ । साथै यसले तपाईँको कपालमा समेत असर पुर्‍याउन सक्छ । 

त्यस्तै जाडोमा कपडा लगाउने विषयमा समेत ध्यान पुर्‍याउन र सचेत रहन आवश्यक रहेको चिकित्सकहरू बताउँछन् । जाडोमा शरीर तताउने धेरै कपडा लगाउनु आवश्यक भए पनि यो ‘ओभर हिटिङ’ को कारण बन्न सक्ने उनीहरूको भनाई छ ।

जब हामीलाई चिसो लाग्छ हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले सेता रक्त कोष उत्पादन बढाउँछ । जसले हामीलाई सङ्क्रमण र रोग लाग्नबाट बचाउँछ । जहाँ शरीर ‘ओभर हिटिङ’ भयो भने हाम्रो प्रतिरक्षा प्रणालीले सही तरिकाबाट काम गर्न सक्दैन । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?