मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कृषाको ‘पिताम्बर’मा अब आँचल र सुरक्षा पनि

काठमाडौँ – पहिलो फिल्म ‘एैँचो पैँचो’बाट असफलता भोगेकी कृषा चौलागाईं दोस्रो फिल्म ‘पिताम्बर’ मा कलाकारको लाइनअप बलियो बनाउन लागि परेकी छिन् ।

यही कारण प्रदीप खड्कालाई भित्र्याएकी उनले दुई नायिकालाई पनि  फाइनल गरेकी हुन् ।  यो फिल्ममा फिल्ममा नायिका सुरक्षा पन्त फाइनल भइसकेकी छिन् ।

उनीसँग निर्माण पक्षले कागजी सम्झौता गरिसकेको छ भने अब नायिका आँचल शर्मा पनि जोडिने भएकी छन् । उनीसँग  फाइनल कुराकानी भए पनि कागजी सम्झौता मात्र हुन बाँकी रहेको बताइएको छ ।

जहाँ प्रदीपसँग पनि कागजी सम्झौता भने आज मात्रै हुँदै छ । आँचल फिल्म ‘डिग्री माइला’को छायाङ्कनका लागि ३ साता काठमाडौँ बाहिर रहेकाले कागजी सम्झौता हुन नपाएको कृषाको भनाई छ । 

योसँगै फिल्ममा नायक खड्कासँग आँचल र सुरक्षाले जोडी बाँध्ने पक्का भएको छ । फिल्ममा प्रमोद अग्रहरी, कामेश्वर चौरासिया फाइनल भइसकेका छन् । मुख्य खल पात्रको भूमिकामा नायक अनुप विक्रम शाहीलाई अफर गरिएको छ ।

अनुपसँग केही कुरा मात्र मिल्न बाँकी रहेकाले कागजी सम्झौताको काम हुन सकिरहेको छैन । 

प्रदीप भारद्वाजले लेखेको फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गर्दै छन् । तराईको सेटअपमा खिचिने एक्सन प्रधान यो फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहने छ ।

फिल्म ‘पिताम्बर’लाई ५ करोड भन्दा माथिको बजेटमा निर्माण गर्ने तयारी कृषाको छ । यो फिल्मलाई दुई सेड्यूलमा खिच्ने तयारी उनको छ भने फिल्मको एक साताको छायाङ्कन माघ महिनामै गर्नका लागि काठमाडौँ बाहिर लोकेशन हेरेर आइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?