मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गल्तीले इमेल पठाउनुभयो, यसरी डिलिट गर्दा कसैलाई थाहा हुदैन् 

काठमाडौँ— विश्वका कतिपय मुलुकहरू प्रविधिको विकाससँगै पेनलेस तथा पेपरलेस भएर पनि काम गरिरहेका छन् । 

यस्तै सूचनाहरू आदानप्रदान गर्न गुगलको इमेल सेवा आजकाल सबैभन्दा महत्त्वपूर्ण साबित भएको छ ।

व्यावसायिक प्रयोजनका लागि होस् या व्यक्तिगत कामका लागि कतिपय अवस्थामा सबैले इमेलहरू पठाउने गर्दछौ । तर धेरै पटक हामीले नचाहेको व्यक्ति वा कम्पनीलाई पनि भुलवश:  पनि इमेल पठाइन सक्छ । 

यस्तै धेरै पटक, आफ्नो कार्यालय वा सहकर्मीहरूलाई गलत कागजातहरू पठाइन सक्छन् । 

यस्तो अवस्थामा गुगलले मेल ‘रिकल’ वा फिर्ता गर्ने फिचर समेत दिएको छ 

यसरी नचाहिएको मान्छे वा कम्पनीलाई पठाएको मेललाई रिकल गर्नको लागि जिमेलको ‘सेटिङ्स’मा गई ‘जनरल ट्याब’मा जानुपर्छ । 

यस पछि त्यहाँ धेरै विकल्पहरू देखिनछन् त्यसमा रहेको ‘अनडू सेन्ड’मा ट्याप गरेर त्यसलाई ‘इनेवल’ गर्नुपर्ने हुन्छ ।

त्यसपछि तपाईँले यहाँ रद्द अवधि अर्थात् ‘क्यान्सिल’ गर्ने समय राखेपछि परिवर्तनहरू ‘सेभ’ गर्नुपर्छ । र जिमेलको ‘अनडू सेन्ड’को विकल्प प्रयोग गर्न सकिन्छ । र तपाईँले नचाहेको मानिस वा कम्पनीलाई पठाएको मेल ‘रिकल’ गर्न सक्नुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?