मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिनहुँ नुहाउने बानी पनि हानिकारक 

नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले बुझेका छौ । नुहाउनु व्यक्तिगत सरसफाइको कुरा पनि हो । नुहाएपछि शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ ।

नुहाउने सन्दर्भ व्यक्ति विशेष रूपमा फरक–फरक हुन्छ । कसैले हप्ता दिनमा एक दिन मात्र नुहाइरहेका हुन्छन्, कसैले हप्तामा दुई दिन तिन दिन नुहाउँछन् भने कतिपयले भने दैनिक नुहाउने गर्छन् ।

आफ्नो आवश्यकता र अनुकूलता अनुरूप सबैले नुहाउने गर्छन् । जति धरै नुहायो त्यति नै सफा र राम्रो मान्छौ हामी ।

तर धरै नुहाउनु पनि स्वस्थका लागि हानिकारक हुन्छ । 

हरेक दिन नुहाउनु व्यक्तिगत सरसफाइको कुरा हो । शरीरलाई सफा राख्दा धेरै रोगहरूबाट बच्न सकिन्छ ।

धेरै नुहाउँदा स्वस्थ ब्याक्टेरियाहरू पनि  पखालिन्छ, जसले छालालाई सुक्खा पार्ने, छाला फुट्ने, चिलाउने समस्या देखिन्छ । तर विज्ञहरूको सल्लाह अनुसार शरीरका तीन वटा मात्र अङ्गलाई नियमित रूपमा सफा गर्न आवश्यक हुन्छ । 

नियमित रूपमा सफा गर्नुपर्ने शरीरका अङ्गहरू :

काखीः गर्मीमा धेरै पसिना आउँछ । पसिना धेरै आउँदा शरीरले छालामा ब्याक्टेरियाको सञ्चय हुने कारण दुर्गन्ध उत्पादन गर्छ । ब्याक्टेरियाको वृद्धि काखीको छालामा सबैभन्दा बढी हुन्छ । जसले काखीमा गनाउने, चिलाउने र सुन्निने समस्या निम्त्याउँछ । काखीलाई दैनिक साबुन र पानीले सफा गर्नाले ब्याक्टेरिया बढ्न दिँदैन, छालाको समस्याको जोखिम कम गर्नुको साथै काखी गनाउने समस्या पनि रहँदैन ।

प्राइभेट पार्ट : दैनिक नुहाउने बानी नभए पनि हरेकले आफ्नो प्राइभेट पार्ट दैनिक सफा राख्नका साथै भित्री वस्त्र दैनिक परिवर्तन गर्न आवश्यक हुन्छ । सो क्षेत्रमा लाखौँ हानिकारक ब्याक्टेरियाहरू हुनसक्छ जसले सङ्क्रमण र गन्ध निम्त्याउँछ । यसले गम्भीर रोगहरूको विकास गर्ने जोखिम पनि रहन्छ । 

खुट्टा: खुट्टा शरीरको सबैभन्दा बेवास्ता गरिएका अङ्गमध्ये एक हो । प्रायः नुहाउँदा पानी खुट्टामा पर्दा सफा भइहाल्छ भन्ने सोचले खुट्टालाई बेवास्ता गरीन्छ । खुट्टामा पसिना जम्मा हुन्छ, विशेष गरी दिनभरि मोजा लगाउने मानिसमा अझ धेरै पसिना आउन सक्छ । खुट्टाबाट दुर्गन्ध पनि आउने हुँदा यसलाई रोक्न दैनिक खुट्टालाई सफा राख्न जरुरी हुन्छ ।

नुहाउने बेलामा शरीरको हरेक भागमा साबुन लगाउने र राम्रोसँग स्क्रब गर्ने प्रयास गरिन्छ । तर शरीरका कतिपय अङ्गहरूलाई थप ध्यान दिनुपर्ने वा राम्ररी सफा गर्नुपर्छ । नङभित्र, कानको पछाडि, नाइटो र घाँटीको पछाडि ब्याक्टेरिया बस्ने सम्भावना धेरै हुने हुँदा शरीरका यी भागलाई पनि राम्रोसँग सफा गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?