मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अप्रिलदेखि जापानी रेडक्रस सोसाइटीमा राजकुमारी आइकोले काम गर्ने

काठमाडौं – जापानी सम्राट नारुहितो र महारानी मासाकोकी एक मात्र सन्तान राजकुमारी आइकोले विश्वविद्यालयबाट स्नातक गरेपछि आउँदो अप्रिलदेखि जापानी रेडक्रस सोसाइटीमा काम गर्ने तयारी गरेको इम्पेरियल हाउसहोल्ड एजेन्सीले सोमबार जनाएको छ ।

एक शाही सदस्यको रूपमा आफ्नो आधिकारिक कर्तव्यहरूमा संलग्न हुने योजनामा ​​​सहित २२ वर्षीया राजकुमारीले रेडक्रस सोसाईटीमा रोजगारी पाउने आशा गरिरहेकी छिन् । यसै सन्दर्भमा उनले भनिन् कि यस क्षेत्रमा उनको सधैँ चासो रहँदै आएको छ ।

जापानी रेडक्रस सोसाईटीको शाही परिवारसँग घनिष्ठ सम्बन्ध छ, विगतदेखिनै महारानीहरूले मानार्थ अध्यक्षको रूपमा सेवा गरिरहेका छन्।

“म जापानी रेड क्रस सोसाइटीको काममा संलग्न हुन पाउँदा खुसी छु,” राजकुमारीले एजेन्सीद्वारा जारी विज्ञप्तिमा भनिन्, “यस अवसरमा,म सेवामा दृढ महसुस गर्नेछु।”

‘सोसाईटीको सदस्य बनेर जनचेतनाका साथ मिहिनेत गरेर जनता र समाजलाई थोरै भए पनि सहयोग हुने आशा राखेको छु’, राजकुमारीले भनिन् ।

एजेन्सीका अनुसार, राजकुमारीले करार कर्मचारीको रूपमा काम गर्नेछिन् र टोकियोको मिनातो वार्डमा रहेको मुख्यालयमा रहि कार्यभार सम्हाल्नेछिन् ।तर उनले कस्तो खालको जिम्मेवारी पाउँछिन् भन्ने खुलाईएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?