मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गुगल क्रोममा तीन एआई फिचर, करोडौं प्रयोगकर्ताले पाउने भए नयाँ अनुभव

काठमाडौं – गुगलले आफ्नो ब्राउजरका लागि तीन जेनेरेटिभ एआई फिचरहरू ल्याएको छ। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने ब्राउजर हो। गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई अझ राम्रो सुविधा दिनका लागि आफ्ना उत्पादन र सेवाहरूमा एआई प्रविधि ल्याइरहेको हो ।

गुगलले आफ्नो गुगल क्रोम वेब ब्राउजरमा वेब ब्राउजिङलाई सजिलो र सुरक्षित बनाउन तीनवटा नयाँ जेनेरेटिभ एआई संचालनमा ल्याएको हो ।यी सुविधाहरू म्याक र विन्डोज दुवैका लागि उपलब्ध छन्।

गूगलले ग्रुप ट्याब, जेनेरेटिभ एआई थिम र हेल्प मि राइट सुविधा क्रोममा ल्याएको हो । नयाँ सुविधा म्याक र विन्डोज दुवैका लागि उपलब्ध छन् । गूगलले एक ब्लगपोस्टमा ब्राउजिङ अनुभवलाई सहज बनाउन एक्सपेरिमेन्टल जेनेरेटिभ एआई सुविधा ल्याएको जानकारी दिएको छ ।

हाल यो फिचर अमेरिकामा मात्रै लन्च गरिएको छ । नयाँ संस्करणको साथ अद्यावधिक गरेपछि, प्रयोगकर्ताहरूले गुगल क्रोमको सेटिङहरूमा प्रायोगिक एआईको साथ ट्याब पाउनेछन्।

ग्रुप ट्याब

ग्रुप ट्याब सुविधाले खुलेको ट्याबमा ट्याब समूह बनाउन स्वचालित रूपमा सुझाव दिने र सिर्जना गर्न सहयोग गर्नेछ । प्रयोगकर्ताहरूले ट्याबमा दायाँ क्लिक गरेर र अर्गनाइज सिमिलय ट्याब छनौट गरेर वा ट्याबको बाँयामा सिधै ड्रप–डाउन एरो क्लिक गरेर नयाँ सुविधा प्रयोग गर्न सक्छन् । गुगलका अनुसार यो सुविधा यात्रा योजना, विषय अनुसन्धान, र किनमेल जस्ता बहुकार्य गर्दा यो फिचर उपयोगी हुनेछ ।

जेनेरेटिभ एआई थिम

गुगलले पिक्सेल ८ बाट क्रोम ब्राउजरमा जेनेरेटिभ एआई वालपेपर सुविधा ल्याएको हो । यसले प्रयोगकर्ताहरूलाई टेक्स्ट–टू–इमेज डिफ्युजन मोडेलमा आधारित ब्राउजिङ अनुभव निजीकृत गर्न मद्दत गर्नेछ ।

प्रयोगकर्ताहरूलाई मुड, भिजुअल शैली र रंगमा आधारित कस्टम थिम बनाउन दिनेछ । यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताहरू कस्टमाइज क्रोम साइड प्यानलमा जान सकिने छ । त्यसपछि चेन्ज थिममा क्लिक गर्न सक्नुहुन्छ र क्रियट विथ एआईमा क्लिक गरेर यो सुविधा प्रयोग गर्न सकिने छ ।

हेल्प मि राइट फिचर

गुगलले गत वर्ष आइ÷ओ २०२३ कार्यक्रममा हेल्प मी राइट सुविधा घोषणा गरेको थियो । त्यसयता कम्पनीले हेल्प मि राइट फिचरलाई निरन्तर विस्तार गरिरहेको छ । क्रोममा प्रयोगकर्ताहरूले यो फिचर वेबसाइटहरूमा आफ्ना विचारहरू अझै राम्रोसँग व्यक्त गर्न दिनेछ ।

नयाँ सुविधाहरू कसरी प्रयोग गर्ने ?

यसका लागि सबैभन्दा पहिले आफ्नो क्रोम ब्राउजर खोल्नुहोस् । त्यसपछि तीन–डट मेनुमा क्लिक गर्नुहोस् । अनिसेटिंग्समा जानुहोस् । त्यहाँ एक्सपेरिमेन्टल एआइपेजमा थिच्नुहोस् ।

यतिगरेपछि प्रयोग गर्न चाहेको नयाँ सुविधाहरू खोल्नुहोस् र क्रोम रिस्टार्ट गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?