मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लामो समयपछि फिल्ममा कमब्याक गर्दै अभिनेत्री प्रीति जिन्टा

काठमाडौं – बलिउड अभिनेत्री प्रीति जिन्टा फिल्ममा कमब्याक गर्दैछिन्। उनले फिल्म लाहौर १९४७ बाट कमब्याक गर्न लागेकी हुन्। राजकुमार सन्तोषीले निर्देशन फिल्मलाई अभिनेता आमिर खानले निर्माण गर्दैछन्।

फिल्ममा अभिनेता सनी देओलले मुख्य भूमिका देखिन्छन्। फिल्ममा सनी र प्रीतिको जोडी देखिँदैछ। आमिरले योसँगै अर्को फिल्म पनि बनाउँदैछन्। तर फिल्मको नाम सार्वजनिक भएको छैन।

‘गदर २’ को सफलतापछि सनी देओल लाहौर १९४७ फिल्मको तयारीमा छन् । फिल्ममा सन्नीको अपोजिट नायिकाको लागि धेरै नामहरु अगाडि आएका थिए । तर अब यो फिल्ममा प्रीति जिन्टा अभिनेत्रीको रुपमा देखिने खबर पक्का भएको छ । प्रीति लामो समयपछि फिल्ममा कमब्याक गर्न लागेकी छिन् ।

फिल्मको घोषणापछि अब यो चलचित्रको छायांकन अर्को महिनाबाट सुरु हुने भएको छ । प्रीति र सन्नीले यसअघि पनि धेरै फिल्ममा सँगै काम गरिसकेका छन् । सन्नी र प्रीतिले ‘हिरोः लभ स्टोरी अफ ए स्पाई’, ‘फर्ज’ र ‘भैयाजी सुपरहिट’ जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् । प्रीति पछिल्लो पटक ‘भैयाजी सुपरहिट’ मा देखिएकी थिइन् । यो फिल्म २०१८ मा रिलिज भएको थियो ।

फिल्मको बजेट करिब १०० करोड हुने बताइएको छ । सनी देओलले यसको अधिकांश शुल्क लिनेछन्। गदर–२ को ब्लकबस्टर सफलतापछि सनी देओलको बजार मूल्य निकै बढेको छ । अहिले उनले एउटा फिल्मका लागि ४० देखि ५० करोड रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?