काठमाडौँ– सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतवार राति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १०ः२१ बजे ५ म्याग्नेच्युडको भूकम्प गएको हो ।
नेपाल–चीन सीमावर्ती क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी सिन्धुपाल्चोकको लिस्तिकोट रहेको छ ।
उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंमा पनि महसुस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया