मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिरासतबाट थुनुवासहित भागेका पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले लागुऔषधसहित पक्राउ गरेका भारतीय नागरिकलाई भगाई आफूहरू पनि भागेका पूर्वप्रहरी जवानलाई १६ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको रक्सौल घर भएका असरफ आलमलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतबाट भगाई आफू पनि भारत भागेका पूर्वप्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धानको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट पक्राउ परेको डीएसपी अनिल घिमिरेले जानकारी दिए। असरफ आलमलाई भगाएबापत १ करोड रुपैयाँ दिने भनिएपछि जवान विरवल राय यादवले ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको घिमिरेले बताए।

उक्त रकमबाट विरवलले भारतमा तत्कालिक अवस्थामा दुईवटा ट्याक्सी खरिद गरि व्यवसाय गरेको पनि अनुसन्धानबाट खुलेको डीएसपी घिमिरेले जानकारी दिए। प्रहरी निरिक्षकको किर्ते हस्ताक्षर गरेर विरवलले भारतीय नागरिकलाई कलंकी–बुटवल हुदै भारत पुराएका थिए ।

त्यसपछि भारतमै ट्याक्सी व्यवसाय सुरु गरेका विरवलसँग हाल ९ वटा भारतीय ट्याक्सी, आधार कार्ड, भारतीय चालक अनुमति पत्र समेत रहेको डीएसपी घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?