मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बानेश्वरमा सडक भासिँदा गुडिरहेको बसको चक्का फस्यो

काठमाडौं – शुक्रबार काठमाडौंको बानेश्वरमा बस गुडिरहेको बेला सडकमा भासिएको छ । सडक भासिएपछि महानगरपालिका टोलीले डोजर प्रयोग गरेर सडक खनेको थियो ।

नयाँ बानेश्वरको मूल सडमा गुड्दै गरेको गरेको बा ३ ख ३७६२ २ नम्बरको बस एक्कासि सडक भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएका थिए । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको थियो । तर यात्रुहरू सकुशल रहेका छन् ।

बस शुक्रबार रत्नपार्कतर्फ जाँदै गरेको बेला एक्कासि सडक भासिएको थियो । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो खाल्डो परेको थियो । सडक खन्दा बानेश्वर चोकबाट माइतीघर तर्फको सर्भिस लेनतर्फको सडकमुनि राखिएको ह्युम पाइप बीच ग्याप देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?