काठमाडौं – नेपाली चलचित्र क्षेत्रका दर्शकका लागी खुशीको खबर बाहिरिएको छ । आगामी बर्ष दर्शकले हलमा ‘कबड्डी ५’ र ‘छक्कापञ्जा ५’ हेर्न पाउने भएका छन् । यी दुई फिल्मको रिलिजले २०८१ साल नेपाली फिल्मको लागि ‘चलायमान वर्ष हुने अपेक्षा गरिएको छ ।
आगामी बर्ष रामबाबु गुरुङको बाँसुरी फिल्म्सले तीन फिल्म ल्याउनेछ । जसमा वैशाख १ गते ‘डिग्री माइला’ रिलिज हुँदैछ । त्यसपछि ‘कबड्डी ५’ र ‘सुन्दरबजार’को लाइनअप छ ।
यस्तै, आगामी दशैंमा ‘छक्कापञ्जा ५’ ल्याउने तयारीसहित निर्माता तथा अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला गृहकार्यमा जुटेका छन् । पाँचौं श्रृंखलाको स्क्रिप्टलाई टुंगो लगाउन दीपक-दीपा शुक्रबार पोखरातिर लागेका छन् ।
पोखरामा कम्तीमा दुई साता बसेर स्क्रिप्टलाई आकार दिने तयारी गरेका छन् । यो फिल्मलाई वैशाखदेखि छायांकन गर्ने तयारी छ । ‘कबड्डी’ र ‘छक्कापञ्जा’ सिरिजहरु सर्वाधिक कमाउनेमध्येका फिल्म हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया