काठमाडौं – फिल्म ‘डिग्री माइला’को छायाङ्कन सकिएको छ । रामबाबु गुरुङ निर्देशन फिल्मका छायाङ्कन ४५ दिनमै सकिएको हो । सकिएको हो ।
गत असोज १ गतेदेखि ओखलढुङ्गाको रुम्जाटारबाट फिल्मले पहिलो चरणको छायाङ्कन सुरु गरेको थियो । दोस्रो चरणको छायाङ्कन भने काठमाडौंबाट सुरु गर्दै ओखलढुङ्गाको रुम्जाटार पुगेर सकिएको निमार्ण पक्षले जनाएको छ ।
बाँसुरी फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।
फिल्ममा दयाहाङका अलावा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया