मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टिकटकमा आउँदै अब नयाँ फिचर 

काठमाडौँ– नेपालमा सरकारले टिकटक चलाउनमा प्रतिबन्ध लगाएको छ तापनि कतिपय मानिसहरूले विभिन्न एपहरूको प्रयोग गरेर टिकटक चलाइरहेका छन् । 

यस्तोमा भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले फेरी नयाँ फिचर थप्ने भएको छ । नयाँ फिचर आएपछि टिकटकमा भिडियो सेभ गर्न चाहने प्रयोगकर्ताहरूले वाटरमार्क बिनै भिडिओ सेभ गर्न पाउने भएका छन् ।

सामाजिक सञ्जाल विश्लेषक म्याट नभर्राले हालै एक्समा एक पोस्ट राख्दै टिकटकले यस्तो फिचर ल्याउन लागेको खुलासा गरेका हुन् ।

हालसम्म टिकटकबाट कुनै पनि भिडिओ डाउनलोड गर्दा क्रियटरको युजरनेम सहितको वाटर मार्क देखिने गरेको छ । वाटर मार्क बिनाको भिडिओ डाउनलोड गर्न सकिने फिचर आएपछि प्रयोगकर्ताले जुनसुकै प्लेटफर्ममा सो भिडिओ अपलोड गर्न सक्नेछन् ।

विश्लेषक नभर्राका अनुसार टिकटकले क्याप्सन एडिट गर्न सकिने फिचर पनि ल्याउन लागेको छ । यसअघि क्याप्सनमा केही बिग्रिए भिडिओ नै डिलिट गरेर पुनः अपलोड गर्नुपर्ने बाध्यता थियो । 

त्यस्तै टिकटकले अटो स्क्रोल फिचर पनि ल्याउन लागेको छ । पछिल्ला केही महिनादेखि टिकटकले परीक्षण गरिरहेको यस्तो स्क्रोलिङ फिचर छिट्टै आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?