मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘टुरिस्ट गाइड’ एसोसिएसनका अध्यक्षमा देवकोटा

काठमाडौँ – ‘टुरिस्ट गाइड’ एसोसिएसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् ।

टुर्गानको गए राति सम्पन्न ३०औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्याशी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

यस्तै महासचिवमा टङ्कप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा, सचिवमा माधवराज श्रेष्ठ यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले जानकारी दिए । 

साधारण सभाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले टुरिस्ट गाइड विदेशी पर्यटकलाई नेपालको दूतका रूपमा काम गर्ने भएकाले विदेशी पाहुनालाई राम्रो व्यवहार गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालका बारेमा सही सन्देश प्रवाह गर्न आग्रह गरे । 

पछिल्लो समय नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कँदै गएकाले सरकारले पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई विशेष जोड दिइरहेको उनको भनाइ थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?