मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका उमा श्रेष्ठको ‘के भुल गरेथे र मैले’ सार्वजनिक

काठमाडौँ- गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘के भुल गरेँ थिएँ र मैले’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना अर्जुन थेबेको र सङ्गीत देवराज आले मगरको रहेको छ ।

कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन् । भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनावलाई देखाउन खोजिएको छ ।

भिडिओमा अभिनेता सीमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन् । विशाल निरौलाको सङ्गीत संयोजन रहेको गीतको भिडिओको सम्पादन निर्देशक कमल स्वयंमको रहेको छ ।

भिडिओ कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन् । भिडिओ गायिका उमा श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?