मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मदिरा पसल खोल्ने तयारीमा साउदी अरब,क–कसले प्रयोग गर्न पाउँछन् ?

जोयनेपाल
1.3k
Shares
प्रतीकात्मक तस्वीर

काठमाडौँ – साउदी अरबले राजधानी रियादमा आफ्नो पहिलो मदिरा पसल खोल्ने तयारी गरिरहेको छ ।

यसलाई साउदीको उदारतातर्फको यात्राका रुपमा हेरिदा सबैका लागि भने मदिरा पसल खुल्न लागेको हैन । यो मदिरा स्टोरले गैर–मुस्लिम कूटनीतिज्ञहरूलाई विशेष रूपमा सेवा दिनेछ।

नयाँ स्टोर नै रियादको कूटनीतिक क्वार्टरमा खोलिने बताइँदा योजनासँग परिचित स्रोतका अनुसार यस सम्बन्धमा एउटा दस्ताबेज तयार गरिएको छ, जुन बाहिर पनि आएको छ ।

यो कागजातमा मदिरा किन्नका लागि ग्राहकले मोबाइल एप मार्फत दर्ता गरी विदेश मन्त्रालयबाट क्लियरेन्स कोड लिनुपर्ने उल्लेख गरेको जावा न्युजले दाबी गरेको छ । यद्यपि, ग्राहकहरूले सीमित मात्रामा रक्सी खरिद गर्न सक्नेछन् । 

२१ वर्षमुनिका कसैलाई पनि पसलभित्र प्रवेश अनुमति हुने छैन। पसलभित्र रहँदा ‘उचित पोसाक’ लगाइरहनुपर्ने मापदण्ड लागु गरिने छ ।

त्यस्तै मदिरा सेवनकर्ताले आफ्ना चालक वा अन्य व्यक्तिलाई मदिरा किन्न पठाउन पाउने छैनन् भने कूटनीतिज्ञबाहेक अन्य विदेशीहरूका निम्ति मदिरा किन्ने सुविधा उपलब्ध हुने छैन।

सन् १९५२ मा मदिरा पिएर मातेका एक राजकुमारले  विदेशी कूटनीतिज्ञलाई गोली हानी मारिदिएपछि देशभरि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

अहिले साउदी अरबका युवराज तथा वास्तविक शासक मोहम्मद बिन सलमानले अघि सारेका उदारीकरणसम्बन्धी भिजन २०३० अभियानकै एक पाटोका रूपमा यो तयारीलाई हेरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?