मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जिमेलमा अब बोलेकै भरमा इमेल लेख्न सकिने,तर कसरी?

काठमाडौँ-गुगलको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेलमा नयाँ फिचर थप हुने भएको छ । अबदेखि जिमेलमा बोलेकै भरमा इमेल लेख्न सकिनेछ ।

गुगलले गत वर्ष मात्रै आफ्नो डेभलपर्स कन्फ्रेन्समा हेल्प मि राईट नामक फिचर लञ्च गरेको थियो । गुगलको यो फिचरले सेकेण्ड भरमा इमेलको ड्राफ्ट तयार गरिदिन सक्छ । 

गुगलले जनाएअनुसार नयाँ फिचरले प्रयोगकर्ताले कमान्ड दिए मात्रै पनि इमेल ड्राफ्ट तयार हुनेछ । एक रिपोर्ट अनुसार प्रयोगकर्ताले छिटै नै भ्वाइस कमान्ड दिएर जिमेल लेख्न सक्नेछन् । 

यो नयाँ फिचर सुरुमा मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध हुनेछ र पछि वेब भर्सनमा पनि लगिने रिपाेर्टमा  जनाइएको छ । 

नयाँ अपडेटसँगै जिमेल एपमा ‘कम्पोज मेल’ बटनसँगै एउटा ठूलो माइक बटन पनि देखिनेछ । सोही बटनमा ट्याप गरेर आफूले लेख्न चाहेको इमेल वाचन गर्नुपर्ने बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?