मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली ब्रान्ड ‘अल्टिमा’ले ब्लुटुथ स्पिकर ल्याउँदै, कस्ता छन् विशेषता? 

काठमाडौँ— नेपाली ब्रान्ड ‘अल्टिमा लाइफस्टाइल’ले बजारमा नयाँ ब्लुटुथ स्पिकर ल्याउने भएको छ । 

कम्पनीले यो स्पिकरको सबैभन्दा आकर्षक ब्याट्री हुने बताएको छ । जसले १२ घण्टासम्म चार्ज टिक्ने बताइएको छ । 

यसमा २२ सय एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले दाबी गरेको छ । यसलाई साढे दुई घण्टामा फुल चार्ज गर्न सकिनेछ ।

ब्लुटुथ ५.३ मा भएको यो स्पिकरमा कम्पनीले एयूएस पोर्ट, यूएसबी पोर्ट र टीएफ कार्डको पोर्ट समावेश गरेको छ । यसमा छ वाटमा दुई ओटा स्टेरियो स्पिकर रहेका छन् ।

स्पिकरमा आरजीबी लाइटको सुविधा दिइएको छ । अर्थात म्युजिक बज्दा स्पिकरको उक्त लाइट बल्छ । यसले आईपीएक्स फाइभ रेटिङ पाएको छ । म्युजिक तथा भोल्युम कन्ट्रोलका लागि विभिन्न बटनहरू राखिएको छ ।

टाइप सी चार्जिङ सिस्टम समावेश भएको यो स्पिकर ल्यापटप, फोन र ट्याब्लेटसंग समेत कनेक्ट गर्न सकिनेछ । कम्पनीले यसमा एक वर्षको वारेन्टी र ३० दिनको रिप्लेसमेन्ट ग्यारेन्टी दिएको छ । 

यसको बजार मूल्यका बारेमा भने कम्पनीले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन तर यसको मूल्य करिब चार हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?