मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिठो फल मेवा खाने गर्नुस्,हुन्छ नसोचेको फाइदा 

मेवा हामी सबैले खाने गरेको फल हो । यो निकै स्वादिलो र पोषणयुक्त हुन्छ । भिटामिन सी, ए, पोटासियम तथा क्याल्सियम र आइरनले भरिपूर्ण मेवा स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

मेवा पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ । मानव स्वास्थ्यका लागि निकै लाभदायी मेवाले तपाईँको पेटलाई फाइदा गर्नुका साथै छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ । 

मेवा सेवन गर्नुका फाइदाहरुः

–मेवामा पाइने एन्टिअक्सिडेन्टले छालालाई नोक्सान पुर्‍याउने फ्रि रेडिकललाई रोक्न र एन्टी एजिङ इफेक्ट बढाउन मद्दत गर्छ ।

–यसमा प्यापेन नामक इन्जाइम हुन्छ । जसले छालाको मृत कोशिकाहरूलाई हटाउन मद्दत गर्छ र एन्टी–एजिंग प्रभाव प्रदान गर्दछ । ३० वर्षको उमेरपछि पनि आफूलाई जवान राख्नको लाग आफ्नो दैनिक आहार वा बिहानको खाजामा मेवा समावेश गर्नाले धेरै फाइदा हुन्छ ।

– मेवामा पाइने फाइबरले तपाईँको भोकलाई मेटाउने गर्दछ भने आन्द्राको कार्यलाई ठिक स्थानमा राख्दछ । फलस्वरुपः तौल घटाउन सजिलो हुने गर्दछ ।

–मेवा आँखाका रोगीहरूका लागि निकै फाइदाजनक मानिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन ए पाइने भएकाले आँखाको ज्योति कम हुनबाट जोगाउँछ । 

–मेवामा फाइबर, भिटामिन सी र एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुने भएकाले तपाईँको रक्त कोशिकामा कोलेस्ट्रोलको ढिक्का बन्नबाट जोगाउँछ । कोलेस्ट्रोलको ढिक्का हृदयघात र उच्च रक्तचापसमेत विभिन्न हृदय रोगको कारण बन्न सक्छ ।

–मेवामा पाईने पेपेन नामक एन्जाइमले महिनावारीको क्रममा रक्त प्रवाहलाई ठिक गरेर पीडा कम गर्न मद्दत गर्दछ । त्यस कारण महिनावारीको पीडाबाट गुज्रिरहेका महिलाले आफ्नो आहारमा मेवालाई समावेश गर्नुपर्छ ।

–तपाईँको रोग प्रतिरोधात्मक बढाउँछ । एउटा मेवामा यति भिटामिन हुन्छ जुन तपाईँको प्रतिदिनको भिटामिन सी को आवश्यकताको लगभग २ सय प्रतिशत हुने गर्दछ । यसरी यसले तपाईँको प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने गर्दछ ।

–मेवा मधुमेह रोगीका लागि राम्रो आहारको रूपमा एक उत्कृष्ट विकल्प हो । यसका साथै, जो मधुमेह रोगी छैनन् मेवाको सेवनले उनीहरूमा मधुमेहको खतरा कम हुन्छ ।

–मेवाको सेवनले क्यान्सरको खतरालाई कम गर्न सकिन्छ । 

–मेवाको सेवनले पाचन शक्तिलाई बलियो बनाउँछ । यो एन्जाइम आहारलाई पचाउनमा निकै सहयोगी हुन्छ । पेटसम्बन्धी समस्या भएका व्यक्तिहरूले यसको नियमित सेवन गर्नु निकै लाभदायी हुन्छ । 

–मेवालाई आफ्नो आहारमा समावेश गरेर तपाईँले आफ्नो उमेरलाई कम गर्न सक्नुहुन्छ । मेवामा भिटामिन सी, भिटामिन इ र बीटा क्यारोटिन, एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुन्छ जसले शरीरको पोषणको आवश्यकता पूरा गरेर तपाईँलाई वर्षौँसम्म जवान बनाइराख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?