मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

साउथका मेगा स्टार चिरञ्जीवीलाई पद्मविभूषणबाट सम्मानित गरिने

काठमाडौं । साउथका मेगा स्टार चिरञ्जीवीलाई पद्मविभूषणबाट सम्मानित गरिने भएको छ । मेगास्टार चिरञ्जीवीलाई उनको सामाजिक कार्यका लागि पद्मविभूषणबाट सम्मानित गरिने बताइएको हाे ।

चिरञ्जीवी यसअघि पद्मभूषणबाट सम्मानित भइसकेका छन् भने अन्य धेरै पुरस्कार पनि जितिसकेका छन् । चिरञ्जीवीले अक्सिजन बैंक, एम्बुलेन्स सेवा सुरु गरे र कोरोनामा चिकित्सा सुविधा उपलब्ध गरेकाले उनलाई पद्मविभूषणबाट सम्मानित गरिने भएकाे बताइएकाे छ ।

देशको सर्वोच्च नागरिक पुरस्कार मध्येको एक पद्म पुरस्कार पद्मविभूषण, पद्मभूषण र पद्मश्री गरी तीन विधामा प्रदान गरिन्छ। यी पुरस्कारहरू कला, सामाजिक कार्य, सार्वजनिक मामिला, विज्ञान र इन्जिनियरिङ, व्यापार र उद्योग, चिकित्सा, साहित्य र शिक्षा, खेलकुद, निजामती सेवा आदि क्षेत्रमा प्रदान गरिन्छ। २०२४ को पद्म पुरस्कार घोषणा गरिएको छ ।

चार दशक लामो करियरमा चिरञ्जीवीले १५० भन्दा बढी चलचित्रमा काम गरेका छन् । फिल्मका अलावा उनी समाजसेवाका साथै परोपकारी काम पनि गर्छन् । अब कलाकारलाई कला क्षेत्रमा पद्मविभूषण पुरस्कार दिइने भएको छ ।

चिरञ्जीवीले सधैं आफ्ना फिल्महरूबाट दर्शकहरूलाई मनोरञ्जन दिएका छन्। यससँगै अभिनेताका फिल्ममा केही सामाजिक उद्देश्य पनि लुकेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?