मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुनको स्वास्थ्य समस्या, फिल्मको सुटिङ स्थगित

काठमाडौं – ‘पुष्पा’ पछि साउथ सुपरस्टार अल्लु अर्जुनको लोकप्रियता बढेको छ । अहिले दर्शकहरु फिल्म ‘पुष्पा २’ को सिक्वेलको प्रतिक्षामा छन् । चलचित्र अहिले निर्माणको क्रममा छ, जसले सबैको ध्यान तानेको छ ।

अल्लु अर्जुनको नेशनल अवार्डले फिल्मलाई निकै प्रचारप्रसार गरेको छ । फ्यानहरू अब सिक्वेलका लागि फिल्म निर्माता सुकुमारको नयाँ कथा के छ भनेर जान्न उत्सुक छन्। यसैबीच फिल्मको सुटिङसँग जोडिएको नयाँ समाचार बाहिर आएको छ ।

समाचार स्रोतका अनुसार अभिनेतालाई महिला पात्रको चित्रण र विशिष्ट नृत्य प्रदर्शन गर्दा ढाडमा चोट लागेको छ। यसपछि अब छायांकन स्थगित भई डिसेम्बरको मध्यमा सारिएको छ अर्थात अब डिसेम्बरको मध्यमा सुटिङलाई निरन्तरता दिइनेछ ।

अब अल्लु अर्जुनले आराम गर्न र आफ्नो स्वास्थ्यको ख्याल गर्न शूटिङको बीचमा समय निकालेका छन् । यो खबर बाहिरिए सँगै उनका फ्यानहरूले उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेका छन्। उनको स्वास्थ्यमा समस्या आएका कारण फिल्मको सुटिङ स्थगित भएको छ ।

यस वर्ष रिलिज हुन लागेको दुई दक्षिण भारतीय चलचित्र अल्लू अर्जुनको ‘पुष्पा–२’ र जुनियर एनटीआरको ‘देवारा’ का लागि दर्शकहरूले अब केही थप समय पर्खनुपर्ने भएको छ ।

यता देवारामा भैराका भूमिका निभाइरहेका बलिउड अभिनेता सैफ अली खानले हालै शल्यक्रिया गरेका छन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने हाल ब्रेकमा रहेका छन् ।

पुष्पा–२ का निर्माताहरुले चलचित्रको रिलिज मिति १५ अगस्त २०२४ तय गरेका थिए भने देवाराका लागि ५ अप्रिलको मिति तय गरिएको थियो । तर अहिले दुवै चलचित्र निर्धारित समयमा रिलिज नहुने भएका छन् ।

फिल्ममा अल्लु अर्जुनका अलावा ‘पुष्पाः द रुल’ मा फहद फासिल, रश्मिका मन्डन्ना, सुनील, प्रकाश राज, जगपति बाबु, अनुसया भारद्वाज लगायतका कलाकारको अभिनय रहेको छ । राष्ट्रिय पुरस्कार विजेता संगीतकार देवी श्री प्रसादले चलचित्रमा संगीतकारको भूमिका निर्वाह गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?