मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई पुरुषको हत्यामा संलग्न कैली तामाङ २० वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न रहेको अभियोग थियो। जिल्ला अदालत संखुवासभाको २०६६ फागुन १२ गतेको फैसलाले कर्तव्य ज्यान कसुरमा उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो।

तर, उनी फरार थिइन्। उनलाई बुधबार संखुवासभा इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?