मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गैँडा मारी खाग तस्करी गरेको आरोपमा तीन वर्षदखि फरार एकजना पक्राउ

चितवन । गैँडा मारेर खाग तस्करी गरेको आरोपमा तीन वर्षदखि फरार एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । राप्ती नगरपालिका–६ बस्ने टिकाराम बोहोरा भन्ने खेसर बहादुर बोहोरालाई गत माघ ९ गते मंगलबार दिउँसो १:५० बजेको समयमा हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलबाट पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार बोहोरालाई २०७६ भदौ ३१ गते अमलटाँडी सेक्टर अन्तर्गत बाँदरझुला पोष्टको मर्दीखोला क्षेत्रमा वयस्क भाले गैँडा मारी खाग काटेको र २०७७ कात्तिक २० गते भोसारघाटतर्फ आइल्याण्ड क्षेत्रमा गैँडालाई गोली हानेर कारी खाग काटेर लगेको आरोपमा पक्राउ गरिएको हो ।

नेपाली सेना, निकुञ्ज टोली र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणको संयुक्त टोलीले घटनामा संलग्न २३ जना आरोपितलाई पक्राउ गरिसकेको तिवारीले जानकारी दिए । दुवै घटनामा जम्मा २४ जना संलग्न थिए । बोहोरा तीन वर्षदेखि फरार थिए ।

विशेष सूचनाको आधारमा बोहोरालाई पक्राउ गरि चितवन जिल्ला अदालतमा बयान तथा थुनछेक आदेशको लागि पेश गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?