मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जापानको ‘मुन स्पिनर’ चन्द्रमामा सफल अवतरण

टोकियो – जापानले चन्द्रमाको सतहमा आफनो ‘मुन स्पिनर ल्यान्डर’ मा सफल अबतरण गरेको जनाएको छ ।आफ्नो लक्ष्य भन्दा केही मिटरको दूरीमा असामान्य रूपमा सटीक चन्द्रमा अवतरण गर्न सफल भएको जापानी अन्तरिक्ष एजेन्सीले जनाएको हो ।

यससँगै चन्द्रमामा अन्तरिक्ष यान राख्ने जापान पाँचौं देश बनेको छ । ‘मून स्निपर ल्यान्डर चन्द्रमाको सतहमा तल छोएको जनाएसँगै जापानमा उत्साह छाएको छ ।

जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीले आफनो अन्तरिक्ष यान टचडाउन भएको २ घण्टा ३७ मिनेट भित्र आफ्नो स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन ९स्लिम० प्रोबको अवतरणको बारेमा सबै डाटा प्राप्तसमेत गरेको बताएको छ।

‘हामीलाई डाटाको थप विस्तृत विश्लेषण चाहिन्छ तर पिनपोइन्ट भन्दा सम्भवतः ३ मिटरदेखि ४ मिटर ९१० देखि १३ फिट०मा अवतरण थियो,’ ल्यान्डरका परियोजना प्रबन्धक शिनिचिरो सकाइले एक पत्रकार सम्मेलनमा भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?