मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘साम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बेल्जियमको कम्पनीले किन्यो

काठमाडौं । बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छानिएको फिल्म ‘साम्बाला’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । हलिउडको चर्चित पत्रिका भेराइटीको अनलाइन संस्करणमा उल्लेख भएअनुसार बेल्जियमको फिल्म वितरण कम्पनी बेस्ट फ्रेन्ड फरएभरले लिएको हो ।

भेराइटीले मीन भाम निर्देशित फिल्म दक्षिण एसियाबाटै तीन दशकपछि मुख्य प्रतिस्पर्धामा छानिने पहिलो फिल्म भएको जनाएको छ । मीन भामले अविनाश विक्रम शाहसँग मिलेर लेखेको पटकथाले गर्भवती महिलाको भिक्षुसँगको मानसिक र भौगोलिक यात्राको कथा पेश गर्छ ।

निर्देशक मीन भामले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार राम्रो मूल्यमा बिक्री भएको जनाएका छन् । उनले दर्जन बढी देशको प्रदर्शन अधिकारी बिक्री भइसकेको बताए ।

‘कागजी सम्झौता भइनसकेकाले धेरै खुलेर भन्न सक्ने अवस्था छैन । तर बौद्धमार्गी भएका साना साना देशले पनि फिल्म प्रदर्शन अधिकार लिने चासो देखाएका छन् । हामीले बेस्ट फ्रेन्ड फरएभरबाट राम्रो मिनिमम ग्यारेन्टी पाइसकेका छौँ,’ मीनले भने ।

विश्वका ठूला फेस्टिभलको मुख्य प्रतिस्र्धामा छनौट हुने फिल्मले सेल्स एजेन्टबाट मिनिमम ग्यारेन्टी पाउने सम्भावना प्रबल रहन्छ । मीनको फिल्म फ्रेब्रुअरीको १५ देखि २५ तारिखसम्म हुने बर्लिन फिल्म फेस्टिभलमा समापन फिल्मको रुपमा पनि छनौट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?