मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘ओशो सन्यासी’ नम्रताको ‘बिकिनी’ अवतार

काठमाडौँ – मोडल तथा अभिनेत्री नम्रता सापकोटाले बिकिनी तस्बिर सार्वजनिक गरेकी छन् ।

चलचित्र र म्युजिक भिडियोमा कामबाट केही समय विश्राम लिएर भारत भ्रमणमा निस्केकी नम्रताले समुद्री तटबाट बिकिनी तस्बिर सार्वजनिक गरेकी हुन् । 

पछिल्ला वर्षहरूमा ओशाेमा लागेकी नम्रता यतिबेला मनको शान्तिको खोजीमा छिन् । यही कारण विभिन्न बाबाका आश्रममा देखिएकी उनी योग टिचर समेत हुन्।

ओशो सन्यासीका रूपमा जीवनलाई सहज र स्वच्छन्द ढङ्गले अगाडि बढाइरहेकी उनी कलाकारितासँगै अध्यात्म दर्शनको बाटोमा समाहित भएकी छिन् ।  

थुप्रै नेपाली चलचित्र, म्युजिक भिडियोमा उनले काम गरिसकेकी छिन् । नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट अझै बढी परिचित भएकी थिइन् ।

उनी आफ्नो अभिनयमा जादु छर्न सिपालु छिन् । हरेक चलचित्रमा भिन्न भूमिका र जीवन्त अभिनय उनको विशेषता हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?