काठमाडौं – अफ्रिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा पुग्ने सबै टिमको टुङ्गो लागेको छ ।
गए राति समूह चरणका खेलहरू सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुङ्गो लागेको हो ।
६ वटा समूहबाट शीर्ष २ टिमले सिधै अन्तिम १६ मा स्थान बनाउँदा बाँकी ४ टिमहरू भने समूहका उत्कृष्ट तेस्रो स्थानमा रहनेले नकआउट चरणको यात्रा तय गर्न सफल भएका हुन ।
समूह एबाट इक्वेटोरियल गिनी र नाइजेरिया, समूह बीबाट केप भर्डे र इजिप्ट, समूह सीबाट सेनेगल र क्यामरुन, समूह डीबाट एंगोला र बुर्किना फासो, समूह ईबाट माली र दक्षिण अफ्रिका, समूह एफबाट मोरक्को र कंगो राउण्ड अफ सिक्सटीनमा पुगेका छन् ।
यस्तै, समूहका तेस्रो स्थानमा रहने टिमहरूमा समूह एबाट आइभरी कोष्ट, समूह सीबाट गिनी, समूह डीबाट मौरिटेनिया र समूह इबाट नामेवियाले नकआउट चरणमा स्थान पक्का गरे ।
राउन्ड अफ सिक्सटीन ९प्रिक्वाटर फाइनल० खेल शनिबारदेखि सुरु हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया