मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट नै दर्ता गर्न पाइने

काठमाडौँ— पछिल्लो समय सामाजिक सञ्जाल मा आपराधिक घटनाहरू बढिरहेका छन् । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएपछि सरकारले यसको नियमनको लागि धरै प्रयास गर्दै आएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोगका घटना बढ्दै गएपछि सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया समेत सुरु गरेको छ ।

सरकारले हालै जारी गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

प्रयोगकर्ताको गुनासो सुनुवाइलाई सहज बनाउन सरकारले सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना यसअघि नै गरिसकेको छ ।

मन्त्रालयको वेबसाइटमा गएर गुनासो दर्ता गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?