मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारत–माल्दिभ्स तनावले रोकियो ‘द बुल’ को सुटिङ 

काठमाडाैँ – भारत – माल्दिभ्स तनावले ‘द बुल’को सुटिङ प्रभावित भएको छ । करण जौहरको यो फिल्म जनवरी २३ बाट फ्लोरमा जाने घोषणा गरिएको थियो ।

जसको अधिकांश दृश्यहरू माल्दिभ्समा खिच्ने तयारी समेत थियो । तर दुई देशबिचको बढ्दो तनावको मारमा यो फिल्मको सुटिङ सरेको हो । 

यो फिल्ममा सलमान खानको मुख्य भूमिका छ भने २५ वर्षपछि करण र उनले सहकार्य गर्न लागेका हुन् । तर सलमान स्वयम् माल्दिभ्स विरुद्ध देखिएका छन् । अर्कातर्फ सलमान फिल्मको स्क्रिप्टसँग पूर्ण सन्तुष्ट समेत छैनन् । उनी यसमा केही परिवर्तन हुनुपर्ने पक्षमा छन् । 

फिल्म सन् १९८८ मा माल्दिभ्सका राष्ट्रपति बचाउन भारतीय सेनाले चलाएको ‘अपरेशन क्याक्टस’बाट प्रभावित छ । यसमा सलमान सैनिक अफिसरका रूपमा देखिने छन् । जसले फिल्म पुरै माल्दिभ्सको पृष्ठभूमिमा तयार छ ।

यसमा आतङ्कवादी आक्रमणका समयमा भारतीय सैनिकले चलाएको रेस्क्यु अपरेसन देखाउने योजना समेत छ । तर अहिले फिल्मको सुटिङ नै कहिले हुने हो अन्यौलमा भएको छ । फिल्म विष्णु वर्धनले निर्देशन गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?