काठमाडौँ— पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयात बढिरहेको छ ।
भन्सार विभागका अनुसार गत असारदेखि पुस मसान्तसम्ममा नेपालमा करिब १२ अर्ब ७३ करोड २७ लाख १ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार (ईभी) नेपाल भित्रिएको छ ।
यस अवधिमा उक्त रकम बराबरको ५ हजार १०७ यूनिट ईलेक्ट्रिभ भेहिकल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
ईभीको आयातबाट सरकारले ५ अर्ब ६७ करोड ३५ लाख ३६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
नेपालमा सबैभन्दा ठूलो संख्यामा ५१ देखि १०० किलोवाट मोटर क्षमताको ईभी भित्रिने गरेको भन्सार विभागको तथ्याङ्क रहेको छ ।
नेपालमा विभिन्न ७ मुलुकबाट विद्युतीय सवारी आयात हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया