मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

६ वर्षपछि बलिउडमा पुनरागमन गर्दै प्रिति जिन्टा 

काठमाडौँ – बलिउड अभिनेत्री प्रिति जिन्टाका फ्यानहरूका लागि खुसीको खबर बाहिर आएको छ ।

‘डिपंल गर्ल’ प्रिति ८ वर्षपछि ‘कमब्याक’ गर्ने चर्चा छ । मिडिया रिपोर्टका अनुसार उनी ‘लाहौर १९४७’ मा देखिने सम्भावना छ । यसमा उनीसँगै सनी देओललाई समेत देखिन सकिने छ । 

यसका लागि प्रितिले ‘लुक टेस्ट’ दिएको खबर बाहिरिएका छन् । मुम्बईको एक स्टुडियो बाहिर उनलाई देखिएको थियो ।

आमिर खान सह निर्माता रहने यो फिल्म राजकुमार सन्तोषी र उनको सहकार्यमा बन्न लागेको हो । अर्थात् यसमा सन्तोषी निर्देशक रहने छन् । 

यसअघि दुवै जनाले काम गरिसकेका छन् भने प्रिति र सनी समेत एकसाथ देखिईसकेका छन् । ‘हिरो स् लव स्टोटी अफ ए स्पाई’,‘फर्ज’,‘भैयाजी सुपरहिट’ जस्ता फिल्ममा उनीहरू एक साथ देखिएका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?