मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको पनि बिहान उठ्ने बित्तिकै मोबाइल चलाउने बानी छ ? हुन सक्छन् यस्ता समस्या

अहिलेको एक्काईसौ शताब्दीमा मोबाइल निकै अपरिहार्य वस्तु बनिसकेको छ । मान्छेलाई मोबाइलको लत यति लागिसक्यो कि बरु खाना नखाई बस्न सक्छ तर मोबाइल साथमा भएन भने मान्छे छटपटाउन, भौँतारिन थाल्दछ ।

साना–साना बालबालिका देखि वृद्धा सम्मलाई नै मोबाइलको नशा चढेको छ ।  बिहान उठ्ने बित्तिकै फोन चलाउने वा सामाजिक सञ्जालमा अपडेट खोज्ने वा खबरहरू हेर्ने र पढ्ने कुरा सामान्य बनिसकेको छ ।

अधिकांश मानिसहरूमा अहिले यस्तो खालको बानी पाइन्छ । के तपाई पनि बिहान उठ्ने बित्तिकै यस्तो काम गर्नु हुन्छ ? यदि गर्नुहुन्छ यो तपाईँको मानसिक स्वास्थ्यको लागि खतरनाक साबित हुन सक्छ ।

बिहानै मोबाइल चलाउनुका असरहरू :

–हामीले मोबाइल हेर्दा अनेक खालका नोटिफिकेशन देखिन्छ । यसमा कयौँ खालको सूचना हुन सक्छन् । उठ्ने बित्तिकै यस्ता विविध सूचनाको सम्पर्कमा आउँदा मान्छेमा तनावको भावना उत्पन्न हुन सक्छ । 

–कामसँग सम्बन्धित लगातारको अपडेट, सामाजिक सञ्जाल र समाचारहरूले तपाईँलाई दबाब र तनावपूर्ण परिस्थितिमा ल्याउन सक्छ ।

– सुत्नु अघि र उठ्ने बित्तिकै फोन समातेर बस्ने बानीले स्लिप साइकल अर्थात निन्द्राको समय प्रभावित बनाउँछ । स्क्रिनबाट निस्कने निलो प्रकाशले मेलाटोनिनको निर्माणमा बाधा उत्पन्न गर्छ । यसले गर्दा सुत्न, निदाउन कठिन हुन सक्छ । रात बेचैनी र छटपटीमा बित्ने सम्भावना धेरै हुन्छ । 

–रातभरि सुतेर उठ्दा आँखाले बाहिरको उज्यालोसँग तालमेल गर्ने कोसिस गरिरहेको हुन्छ । यस्तोमा बिहानको समयमा लामो समयसम्म चमकदार स्क्रिनलाई नियालिरहँदा यसले आँखामा दबाब सृजना गर्छ । यस कारण टाउको दुख्ने, आँखा सुख्खा हुने समस्या देखिन सक्छ । यसले तपाईँको सम्पूर्ण स्वास्थ्यमा असर पुर्‍याउँछ ।

–स्मार्टफोनमा निरन्तर झुन्डिइरहँदा ध्यान भड्किने, एकाग्रतामा बाधा उत्पन्न हुने समस्या देखिन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?