मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विश्वका ठूला शेयरबजारमा भारत चौथो स्थानमा उक्लियो

काठमाडौं – विश्वका ठूला शेयर बजारमा भारत चौथो स्थानमा उक्लिएको छ । स्टक मार्केटमा सूचीकृत भएका सम्पूर्ण धितोपत्रको कुल मूल्यका आधारमा भारत चौथो ठूलो मुलुक भएको हो । भारतको बजारले हककङको बजारलाई पछि पारेको ब्लुमबर्गको एक रिपोर्टले जनाएको छ ।

सोमबार बजार बन्द हुँदा भारतको स्टक मार्केटमा सूचीकृत धितोपत्रको कुल पूँजीकरण रकम ४.३३ ट्रिलियन डलर ‘४३ खर्ब ३० अर्ब डलर’ पुगेको छ । सोमबार हङकङको स्टक मार्केट आकार ४.२९ ट्रिलियन ‘४२ खर्ब ९० अर्ब डलर’ बराबर छ ।

अमेरिकी स्टक मार्केटको पूँजीकरण सबैभन्दा उच्च ५०.८६ ट्रिलियन डलर ‘५ सय खर्ब डलर’ रहेको छ । त्यस्तै विश्वमा चीनको दोस्रो ठूलो स्टक मार्केट पूँजीकरण ८.४४ ट्रिलियन डलर ‘८४ खर्ब ४० अर्ब डलर’ बराबर छ । तेस्रो ठूलो स्टक मार्केट जापानको हो । जापानी मार्केटको पूँजीकरण ६.३६ ट्रिलियन डलर ‘६३ खर्ब ६० अर्ब डलर’ बराबरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?