मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज

काठमाडौं – बलिउड अभिनेता सैफ अली खान अस्पतालबाट डिस्चार्ज भएका छन् । सोमबार उनी शल्यक्रियाका लागि मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएको समाचारहरू आएका थिए ।

मंगलबार अस्पतालबाट डिस्चार्ज भएर सैफ घर गइसकेका छन् । सैफले घरमा पत्नी करिनाका साथमा खिचिएका केही तस्बिर अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । अस्पतालमा सैफको काँध र घुँडाको शल्यक्रिया भएको बताइएको छ । फिल्म सुटिङको क्रममा उनको काँध र घुँडा फ्र्याक्चर भएको थियो ।

लामो समयदेखि नै सैफले शल्यक्रियालाई वेवास्ता गरेर बसेका थिए । उनको चोट धेरै गम्भीर नभएकोले पनि उनले शल्यक्रियालाई पछाडि धकेलिरहेका थिए । सैफ र करिनाले ओमकारा, टशन, कुर्बान र एजेन्ट विनोदमा पनि सँगै काम गरेका थिए ।

तर विगत १२ वर्षयता सैफ र करिना ठूलो पर्दामा एकै साथ देखिएका छैनन् । सन् २०१२ मा एजेन्ट विनोद सैफ दम्पतीले स्क्रिन शेयर गरेको अन्तिम फिल्म थियो । उनीहरूका फ्यानका लागि यति बेला एउटा खुसीको खबर आएको छ ।

सैफ र करिना ठूलो पर्दामा सँगै देखिने सम्भावना छ । आफूहरूले यसबारे विचार गरिरहेको सैफ र करिना दुबैले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?