मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टेलिकम र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक पक्राउ

काठमाडौं – नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुबै जनालाई बुधबार पक्राउ गरेको हो।

भ्रष्टाचार मुद्दामा उनीहरु समातिएका हुन्। मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको कार्यक्रमको स्रोतसाधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरु थप छानबिनमा तानिएका थिए।

त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरेको हो। शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियारको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ।

‘दुबै जनालाई भ्रष्टाचारजन्य कसुरको अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ अख्तियारका एक उच्च अधिकारीले भने।दुबै जनाविरूद्ध यसअघि भ्रष्टाचार मुद्दा दायर भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?