मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हिँड्दा पनि मधुमेहको जोखिम कम हुन्छ

काठमाडौं – हिड्दा पनि मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार दिनमा करिव ४ किलोमिटर वा सो भन्दा बढी हिड्दा पनि मधुमेहको जोखिम कम हुने देखाएको छ ।

अध्ययनले जति छोटो गति, त्यति नै जोखिम कम हुने जनाएको छ । अध्ययनका अनुसार तीव्र गतिमा हिड्दा रगतमा ग्लुकोजको स्तरलाई नियन्त्रण गर्न र इन्सुलिन प्रतिरोध कम गर्न मदत पुग्ने बताइएको छ ।

हिड्नु व्यायामको सबैभन्दा कम मूल्याङ्कन गरिएको रुप हो । तर एउटा नयाँ अध्ययनले हिड्ने गति, प्रकृति र स्वास्थ्यमा यसको प्रभाव बुझ्न मदत गर्नेछ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा उपलब्ध एक अध्ययन अनुसार प्रतिघण्टा वा सो भन्दा बढीको गतिमा हिड्दा मधुमेहको जोखिम कम हुने जनाएको छ ।

बेलायत र इरानका अन्वेषकहरुले गरेको अध्ययनले ४ किमी –घण्टा भन्दा माथिको गति जति छिटो हुन्छ, त्यति नै जोखिम कम हुने देखाएको छ । यसलाई प्रत्येक १ किलोमिटरको गति वृद्धिले ९ प्रतिशत जोखिम घटाउन मदत पुग्छ ।

यदि तपाईलाई मधुमेह भयो भने, तिर्खा लाग्ने, बारम्बार पिसाब लाग्ने, तौल घट्ने तथा थकान महसुस हुन्छ । यस्तै मधुमेहले ह्रदय रोग, मृगौला समस्याहरु तथा जटिलताहरु निम्त्याउन सक्छ । व्यवस्थापनले जीवनशैली परिवर्तनहरु समावेश गर्दछ । जस्तै स्वस्थ आहार, नियमित व्यायाम गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?