मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि शहीद सप्ताह सुरु

 
काठमाडौं -मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गरेका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह सुरु गरिएको छ ।

शहीद सप्ताहको सुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह सुरु गरिएको हो ।

शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरणमा आज उनको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले राजनीतिक आन्दोलनसँगै साहित्यमा समेत रुचि राख्ने शास्त्रीले मुलुकमा नागरिक स्वतन्त्रताका लागि गरेको योगदान अविस्मरणीय भएको बताइन् ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिले सहादत प्राप्त गरेको उनको भनाइ थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

सात दिन शहीद सप्ताह मनाइएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।  लामो समयदेखि शहीदको योगदानको कदर गर्दै सप्ताह कार्यक्रममा उनीहरूको सम्झना गर्नाका साथै कदरस्वरुप स्मृतिसभा गरिँदै आइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?