काठमाडौं– पछिल्लो समय देशभर लामो अवधिसम्म सवारी चालकहरुले स्मार्ट लाइसेन्स नपाउँदा सेवाग्राहीहरु मारमा परेका छन् ।
यसैबीच यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स तथा नयाँ सिस्टमका लागि आह्वान गरेको बोलपत्रमा दुई कम्पनीले प्रस्ताव पेश गरेका छन् ।
स्मार्ट लाइसेन्स प्राप्त गर्न १ वर्षभन्दा बढी समय कुर्नुपर्ने समस्याको समाधान हुने गरी यातायात व्यवस्था विभागले टेन्डरमार्फत लाइसेन्स र सिस्टम खरिदका लागि बोलपत्र आश्वान गरेको थियो ।
विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा भियतनामको कम्पनी एमके स्मार्ट जोइन्ट स्टक र फ्रान्सको कम्पनी सेल्पले आवेदन दिएका छन् ।
हाल यी दुई कम्पनीको प्राविधिक पक्षको मूल्यांकन भइरहेको विभागले जनाएको छ ।
करीब ४१ करोड रुपैयाँको यस बोलपत्रमार्फत विभागले एक मास मिन्टर, १५ लाख स्मार्ट कार्ड र सिस्टम जडान तथा समर्थन खरिद गर्न खोजिरहेको छ ।
टेन्डर हात पार्ने कम्पनीले लाइसेन्स छपाईका साथै सिस्टम बनाउने र मास प्रिन्टर समेत उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया