मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइफोनमा आयो चोरीबाट जोगाउने ‘स्टोलन डिभाइस प्रोटेक्सन’ फिचर

काठमाडौं– एप्पलले स्टोलेन डिभाइस प्रोटेक्सनका साथ आईओएस १७.३ र आईप्याडओएस १७.३ जारी गरेको छ ।

सपोर्टेड डिभाइसहरूका लागि मात्रै जारी गरिएको आईओएस अपडेट पनि एप्पलको मोबाइल ओएस (अपरेटिङ सिस्टम) अद्यावधिकहरू जस्तै सबैका लागि उपलब्ध हुनेछ ।

नयाँ आईओएस अपडेटले नयाँ ‘स्टोलन डिभाइस प्रोटेक्सन’ फिचर पनि साथमा ल्याएको छ ।

यदि कसैले तपाईंको डिभाइस चोरेको खण्डमा र तपाईंको पासकोड पनि छ भने यो सुविधाले थप सुरक्षा प्रदान गर्नेछ ।

स्टोलेन डिभाइस प्रोटेक्सन प्रयोग गर्नका लागि सेभ गरिएका पासवर्डहरू पहुँच गर्न फेस आईडी वा टच आईडी आवश्यक पर्ने जनाइएको छ ।

नयाँ अपडेटले नयाँ वालपेपर पनि थपेको छ । यसका साथै एप्पल म्युजिकमा आफ्ना साथीहरूसँग प्लेलिस्टहरूमा सहकार्य गर्न सकिने जनाइएको छ ।

यस्तै एयर प्लेमा होटेल सपोर्ट पनि पाइनेछ, जसले आफ्नो होटेलको कोठामा रहेको टिभीको कन्टेन्टलाई सिधै स्ट्रिम गर्न अनुमति दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?