मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पशुपंक्षीले आफ्ना बच्चा कसरी चिन्छन् ?

मान्छेले जस्तै पशुपक्षीले पनि आफ्ना बच्चालाई खुब माया गर्छन् ।

ठूलाठूला समूहमा पनि तिनले आफ्ना बच्चालाई चिन्छन् । आखिर पशुपक्षीले आफ्ना बच्चालाई कसरी चिन्छन् त ?

पशुपक्षीले आफ्ना बच्चा चिन्न विभिन्न विधि अपनाउँछन् । कुनै जनावरले बच्चा जन्मनासाथ राम्ररी चाटेर सफा गर्ने गर्छन् । त्यही बेलाको विशेष रासायनिक पदार्थको आधारमा तिनले पछिसम्म पनि आफ्नो बच्चा पहिल्याउने गर्छन् ।

कतिपय जनावरले चाहिँ आफूले बोलाउँदा प्रत्युत्तरमा आउने बच्चाको ध्वनिबाट आफ्नो बच्चा हो या होइन छुट्याउँछन् ।

जीवजन्तुमा एक किसिमको सञ्चार हुन्छ जसलाई ‘जनावर सञ्चार’ (Animal Communication) भनिन्छ । यही सञ्चार नै बच्चा चिन्ने एउटा तरिका हो ।

धेरैजसोले देखेर नै आफ्नो बच्चा चिन्छन् । समूह वा झुण्डमा रहने कतिपय पशुपक्षीले आफ्ना बच्च नचिन्न पनि सक्छन् । तर, धेरै जसोले आफ्नो बच्चा चिन्ने र विशेष मायालु व्यवहार देखाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?