मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धेरै नुन खाँदा कति लाभ कति हानी ?

काठमाडौं- नुन मानव जीवनका लागि नभइ नहुने पदार्थ हो । नुनविनाको भन्साघर अपूरो नै हुन्छ । नुनिलो तरकारी एक छाक नखाँदा मात्रै पनि असहज हुन्छ । धेरै लामो समय नुन नखाए झोक्राउने, शरीरमा आलस्यता बढ्दै जाने हुन्छ ।

नुन नखाँदा देखा पर्ने असहजता एकातिर छ भने आवश्यकताभन्दा धेरै नुनको सेवन पनि स्वास्थ्यका लागि फाइदाजनक मानिँदैन । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका अनुसार अधिकांश मानिसहरुले शरीरलाई चाहिनेभन्दा धेरै नुन खाइरहेका हुन्छन् । तर, कतिपय अवस्थामा धेरैजसो मानिसहरुलाई आफूले कति परिमाणमा नुन खानुपर्ने हो भन्ने नै थाहा हुँदैन ।

डब्ल्यूएचओको रिपोर्टअनुसार औसतमा वयस्कहरुले दैनिक १० दशमलव ७८ ग्राम नुन सेवन गर्छन् । यसमा ४ हजार ३१० मिलिग्राम सोडियम हुन्छ । जुन शरीरलाई चाहिनेभन्दा झण्डै दुई गुणा बढी हो । डब्ल्यूएचओका अनुसार वयस्क शरीरलाई दैनिक २ हजार मिलिग्राम सोडियम आवश्यक पर्छ ।

एक चम्चा (५ ग्राम) नुनमा यति सोडियम पाइन्छ । चिकित्सकका अनुसार धेरै नुन खाँदा उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, ग्यास्ट्रिक, क्यान्सर, मोटोपना, किड्नीसम्बन्धी रोग, अस्टियोपोरोसिस जस्ता कयौँ गम्भीर रोग लाग्न सक्छ । धेरै नुन सेवनका कारण विश्वभर हरेक वर्ष १८ लाख ९० हजार मान्छेको मृत्यु हुने गरेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?