मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जाडोमा रम : कति खाने ? खाए के हुन्छ ?

काठमाडौं- जाडोमा धेरैको रोजाइमा पर्ने पेय पदार्थ हो रम । पछिल्लो समय जाडो मौसममा शरीरलाई न्यानो बनाउन तातो पानीमा अलिकति रम मिसाएर खाने चलन बढ्दै गएको छ । जाडोयाममा रमको माग पनि बढ्ने गर्छ ।

तर के जाडोमा रम पिउँदा साँच्चै चिसोको प्रभाव कम हुन्छ त ? चिकित्सकहरु रम वा अन्य मदिराजन्य पेय पदार्थ पिएपछि छालाको सतहमुनिका नसा फुलाउने र रक्तप्रवाह अलिकति बढेर केही समय तातो महसुस हुने बताउँछन् । न्युरो सर्जन तथा न्युरो इन्टरभेन्सनालिस्ट डा. मनोज बोहराका अनुसार रमको सेवनले वास्तवमा शरीरको तापक्रम परिवर्तन हुने नभए यस्तो भएको महसुस हुनेमात्र हो ।

रमले जाडोमा न्यानो हुन्छ भनेर यसको सेवन गर्नु गलत रहेको उनको भनाइ छ । उनका अनुसार केहीबेर तातो भएपनि दीर्घकालका लागि यसले फाइदा गर्दैन । चिकित्सकका अनुसार मदिराको सेवनले रक्तनलीहरुमा एक प्रकारको प्रतिक्रिया उत्पन्न गराउँछ ।

जसबाट मुटुको चालमा तलमाथि भइ दीर्घकालका लागि स्वास्थ्यमै असर गर्ने हुन्छ । अझ मुटुको समस्या भएको व्यक्तिले मदिरा पिउनु अझ खतरा हुने चिकित्सकहरुको मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?