मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निर्माताको एटीएम चल्छ, नचल्ने त ‘फिल्म’ मात्र हो : निर्मल शर्मा

काठमाडौं– हास्यकलाकार तथा निर्माता निर्मल शर्माले नेपाली फिल्म क्षेत्रभित्र राजनीति चल्ने तर फिल्म नचल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।

‘हाम्रो चलचित्र नगरीमा अवार्ड, सम्मान चल्छ, अन्तर्वार्ता चल्छ, काण्ड, गफ चल्छ, राजनीति चल्छ, हानथाप, विरोध चल्छ, गोष्ठी, सेमिनार, भ्रमण, अनुगमन चल्छ,’ सामाजिक सञ्जालमार्फत उनी लेख्छन्, ‘मुख्य कुरा त लगानीकर्ताको एटीएम तथा चेक चल्छ तर केही अपवाद बाहेक नचल्ने भनेको केवल चलचित्र मात्र हो ।’

उनले नेपाली फिल्म एकपछि अर्को डुब्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले सबैभन्दा पहिले निर्माताको लगानी सुरक्षित गर्नुपर्ने पनि बताएका छन् ।

५० भन्दा बढी फिल्ममा अभिनय गरेका शर्मा हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ बाट गैँडा उपनामले समेत चर्चित छन् । उनले छक्का पञ्जा, आमाको माया, ६ एकान ६ लगायतका फिल्ममा अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?