मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केकी अधिकारी ‘पोएट आइडल’ सिजन २ को निर्णायक

काठमाडौं- नायिका केकी अधिकारी कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को निर्णायकका रुपमा देखिने भएकी छिन् ।

पहिलो सिजनकी निर्णायक सुरक्षा पन्तको ठाउँमा केकीलाई अनुबन्ध गरिएको शोका निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए ।

पहिलो सिजनका अन्य तीन निर्णायकहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीकले दोस्रो सिजनलाई पनि निरन्तरता दिनेछन् । आउँदो माघ २२ गतेदेखि यो शोको दोस्रो सिजन प्रसारण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?