मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमा पुगेको तीन घण्टामै जापानी यान ‘निदाएपछि’…

काठमाडौं- चन्द्रमामा सफल अवतरण भएको अन्तरिक्षयानसँगको सम्पर्क विच्छेद भएको जापानी अन्तरिक्ष केन्द्रले जनाएको छ । सौर्यऊर्जामा समस्या आएपछि अन्तरिक्षयानसँगको सम्पर्क विच्छेद भएको हो ।

उक्त यान चन्द्रमाको सतहमा शनिबार अवतरण भएको थियो । अवतरण भएको तीन घण्टामै उक्त यान बन्द भएको थियो ।

यानमा जडित सोलार प्यानलमा खराबी देखिएको र सोही कारण यसको ब्याट्री चार्ज हुन नपाएको बताइएको छ । यद्यपि सूर्यको प्रकाश निदाएको सही ठाउँमा परे निदाएको यानलाई जगाउन सकिने अपेक्षा गरिएको छ ।

इन्जिनियरहरुका अनुसार यो यानमा जडित सोलार प्यानलहरु पश्चिमतर्फ फर्किएका थिए, जुन सूर्यको प्रकाश आएको दिशाबाट विपरीत हो । त्यसैले सौर्यऊर्जा उत्पादन हुन सकेन र ब्याट्रीको चार्ज सकिएपछि यान बन्द भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?