मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभासका बडी डबलले महिनामा कति कमाउँछन् ?

काठमाडौं – भारतीय फिल्म जगतका हिरोरहिरोइनहरुको पारिश्रमिक पछिल्लो समय तीव्र गतिमा बढिरहेको छ । एउटा फिल्म हिट हुनेबित्तिकै अभिनेता अभिनेत्रीहरु फिसमा व्यापक वृद्धि गर्छन् ।

केही अभिनेताहरुले फिल्मबाट हुने मुनाफामा हिस्सा पनि लिन्छन् । ए लिस्टका केही अभिनेताको फिस १०० करोड भारुसम्म पुगिसकेको छ । ठिकै खालका एक्टरले पनि १५ देखि २० करोड भारु लिन्छन् पारिश्रमिक ।

ए लिष्टका हिरोको बडी डबलले कति कमाउलान् तपाईँलाई थाहा छ ? दक्षिण भारतीय सुपरस्टार प्रभासका बडी डबलको फिस एनिमल फिल्मका खलपात्र अर्थात् बबी देओलको भन्दा पनि धेरै छ । टलिवुडमा प्रभास ‘ब्यान्ड प्रभास’ रुपमा चिनिन्छन् ।

प्रभासको फिल्मप्रति फ्यानहरुमा निकै क्रेज देख्न पाइन्छ । सलारको सफलताले पनि यसैलाई पुष्टि गरेको छ । प्रभासको हातमा यतिबेला ब्याक टू ब्याक फिल्म छन् । यस्तोमा उनको बडी डबलको हातमा पनि कामको कमी छैन ।

अहिले लाइनमा प्रभासको कल्कि २८२९ छ । यसबाहेक निर्देशक मारुतीको फिल्म राजासाब र संदीप वांगा रेड्डीको स्प्रिटमा पनि उनले काम गरिरहेका छन् । यी सबै फिल्म एक्सन फिल्म हुन् । यी फिल्ममा प्रभासको बडी डबलका लागि पनि टन्नै काम छन् ।

प्रभासका बडी डबलको रुपमा काम गर्छन् किरण राज । उनले लामो समयदेखि प्रभासको बडी डबलको रुपमा काम गर्दै आएका थिए । तर एस एस राजामौलीको बाहुबली फिल्म ताका किरण चर्चामा आएका थिए ।

बाहुबली हिट भएपछि उनको चर्चा झनै चुलियो । प्रभासकै कदकाठीका किरण पछाडिबाट हेर्दा उनी जस्तै देखिन्छन् । प्रभासको बडी डबलको रुपमा उनलाई धेरै मन पराइनुको कारण पनि यही हो ।

खबरका अनुसार किरणले आफ्नो फिस बढाएका छन् । एक दिनको लागि उनले ३० लाख भारु लिन थालेका छन् । किरणको कुल फिसको कुरा गर्ने हो भने महिनामा उनले ९ देखि १० करोड भारुसम्म कमाउँछन् । प्रभासले एउटा फिल्मका लागि १०० करोड भारु या मुनाफामा हिस्सा लिन्छन् ।

एनिमलमा आफ्नो भूमिकाका लागि बबी देओलले ४ करोड भारु लिएका थिए । अर्थात् प्रभासको बडी डबलको कमाई बबीको भन्दा निकै धेरै छ । गएको वर्ष प्रभासको सलार रिलिज भएको थियो ।

२०० करोड भारुमा बनेको यो फिल्मले अहिलेसम्म ६१३ करोड भारु भन्दा धेरैको कलेक्शन गरिसकेको छ । फिल्लमा प्रभासको साथमा मलयालम स्टार पृथ्वीराज सुकुमारन पनि अहम् भूमिकामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?